रोल्पामा बर्षमानका प्रतिस्पर्धीलाई लक्षित गर्दै बम प्रहार

विहीबार, ३० कार्तिक २०७४, १५ : ५०
रोल्पामा बर्षमानका प्रतिस्पर्धीलाई लक्षित गर्दै बम प्रहार

रोल्पा । रोल्पामा फेरि अर्का उम्मेदवारलाई लक्षित गर्दै बम प्रहार भएको छ ।
बिहीबार सिंचाई राज्यमन्त्री एवं रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरेर बम प्रहार भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार जंगलबाट प्रहार भएको बम विष्फोट भएपनि कुनै क्षती छैन ।
राज्यमन्त्री पुनसहितको टोली खुग्रीबाट देउरीपोखरीको चुनावी कार्यक्रममा सहभागि हुन  जाँदैगर्दा सुवर्णावती गाउँपालिका वडानम्बर १ मा करिव साढे १२ बजे बम प्रहार भएको हो ।
यसअघि पनि रोल्पामा बाम गठबन्धनका उम्मेदवार बर्षमान पुनलाई लक्षित गरेर बम प्रहार भएको थियो । बम प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस