सामुहिक बलात्कारका मुख्य अभियुक्त ३ वर्ष पछि पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, १४ : २६
सामुहिक बलात्कारका मुख्य अभियुक्त ३ वर्ष पछि पक्राउ

कपिलवस्तु । तिन वर्ष अघि कपिलवस्तको मायादेवी गाउँपालिका –१ मा भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । घटना घटाएसंगै फरार भएका सोही स्थानका २१ वर्षीय कलामुद्दिन मुसलमानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले बताए । 

मल्लका अनुसार अभियुक्तलाई थप अनुसन्धानका आईतबार नै अदालत उपस्थित गराई म्याद थप गरिएको छ । २०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपालिका –१ पकडीको सिसौ बारीमा स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार गरेका थिए ।

अभियुक्तहरुले बलात्कार पछि उक्त काण्डको भिडियो सामाजिक संजालमा राखेका थिए । घटना पछि फरार भएका मुख्य अभियुक्त कलामुद्दिन मुसलमान सुटुक्क घर आएको बेला प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउंपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यस अघि नै पक्राउ परेका थिए । बाँकी तीन जना फरार रहेकोमा मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस