काठमाडौं । बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीलाई आइतबार बिहान ५ः३० बजे संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।
‘मर्निङवाक’ को लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशी बानेश्वरस्थित संसद सचिवालयको १ नम्बर गेट अगाडि परिवारसँग बस्दै आएका थिए ।
घटनालगत्तै डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएको थियो । ‘अस्पताल पुर्याएलगत्तै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरेका थिए,’ महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले भने ।
डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन । इन्सपेक्टर बोगटीका अनुसार फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको छ ।
डाक्टर जोशीकी श्रीमती नेपाली सेनाको रिटायर्ड जर्नेल रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ मंसिर २०७६, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु