प्रहरीले हतियार फेला पारेको भनि प्रचार गरेर भ्रम छरेको विद्यार्थीहरुको आरोप

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, १८ : २७
प्रहरीले हतियार फेला पारेको भनि प्रचार गरेर भ्रम छरेको विद्यार्थीहरुको आरोप

चितवन । चितवन मेडिकल कलेजको कैलासनगरको होटलमा प्रहरीले घेराउ गरी हतियार फेला पारेको भनि प्रचार गरेर भ्रम छरेको विद्यार्थीहरुले बताएका छन् । 

भोलि आइतबार विद्यार्थीले मेडिकल शिक्षाविरुद्ध चौबिसकोठीमा बृहत आमसभा गर्ने तयारी गरेका थिए । त्यही कार्यक्रम हुन नदिन आफूहरुलाई होस्टलमा हतियार राखेको भनि फसाउने षड्यन्त्र प्रहरीले गरेको विद्यार्थीहरु बताउछन् ।

मेडिकल शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले प्रहरीले आफूहरुको आन्दोलन बिफल बनाउन होस्टेलमा छापामारी आपैmले हतियार राखि आफू र बिद्यार्थीलाई  फसाउने षड्यन्त्र गरेको बताए ।  प्रहरीले संकास्पद बस्तु टिटि खेल्ने पोष्टको नजिकै राखेर फोटो खिचेको विद्यार्थीहरुले बताएका छन् । आफूहरु नजिक जान नपाएकोले राम्रोसँग नदेखेपनि त्यहाँ प्रहरीले पेस्तोल राखेर फोटो खिचेको उनीहरुको दावी छ । होस्टलमा विद्यार्थीले पेस्तोल राखेको भनेर बाहिर प्रचार गरी आफूहरुको आन्दोलन भड्काउने योजना गरेको उनीहरु बताउँछन् ।

प्रहरी जानुभन्दा केही मिनेट अगाडिसम्म त्यहाँ विद्यार्थीहरु टिटि खेलेको र त्यहाँ केही पनि नदेखेको एकैचोटी कसरी प्रहरीले त्यस्तो खालि ठाउमा कसरी हतियार फेला पार्यो ? विद्यार्थीहरुले प्रश्न गरेका छन् । यो चितवन मेडिकल कलेजको योजनामा विद्यार्थी फसाउने र मेडिकल शिक्षाको आन्दोलन धारासायी बनाउने षड्यन्त्र भएको विद्यार्थीहरु बताउँछन् ।

प्रहरीले होस्टलको बाहिरी कम्पाउण्ड पुरै घेरा हालेको र गेटबाट भित्र छिरि होस्टलमा छापा मार्न थालेको भन्दै विद्यार्थीहरुले विराध गर्दै नारा जुलुस गरेका छन् ।  प्रहरीले आफैले हतियार राखेर विद्यार्थीहरुले हतियार राखेको भनि आफूहरुलाई फसाउने षड्यन्त्र गरेको भन्दै बिरोध जनाएका छन् । 

यता जिल्ला प्रहरी कार्यालय चितवनले हतियार फेला परेको बताएको छ ।
एमबीबीएसको अन्तिम सेमिस्टार सकाएपछि पनि नेत्रविक्रम चन्द विप्लबका छोरा प्रकाश चन्द होस्टेलमा बस्दै आएकाले सो हतियार उनले ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको भन्दै थप विवरण दिन मानेको छैन ।

प्रतिक्रिया दिनुहोस