सिएमसीको होस्टल प्रहरीको कब्जामा (भिडियोसहित)

मेडिकल विद्यार्थीको आमसभा रोक्न प्रहरी परिचालन ?

सफल खबर संवाददाता

शनिबार, ०७ मंसिर २०७६, १७ : २२
सिएमसीको होस्टल प्रहरीको कब्जामा (भिडियोसहित)

चितवन । चितवन मेडिकल कलेजको कैलासनगरको होस्टल प्रहरीले घेराउ गरेको छ । प्रहरीले होस्टलको बाहिरी कम्पाउण्ड पुरै घेरा हालेको र गेटबाट भित्र छिरेर होस्टलमा छापा मार्न थालेको भन्दै बिद्यार्थीहरुले बिरोध जनाएका छन् । उनीहरुले नाराबाजी गर्दै बिरोध गरेका छन् । 

प्रहरीले आफैले हतियार राखेर बिद्यार्थीहरुले हतियार राखेको भनी आफुहरुलाई फसाउने षडयन्त्र गरेको हुन सक्ने भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् । भोलि आईतबार बिद्यार्थीले चौबीसकोठीमा बृहत आमसभा गर्ने तयारी गरेका थिए । त्यही कार्यक्रम हुन नदिन आफुहरुलाई होस्टलमा हतियार राखेको भनी फसाउने षडयन्त्र पुलिसले गर्न लागेको बिद्यार्थीहरु बताउँछन् । 

मेडिकल शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले प्रहरीले आफुहरुको आन्दोलन बिफल बनाउन होस्टेलमा छापा मारी बिद्यार्थीलाई  फसाउने षडयन्त्र गरेको बताउनु भयो । 

 

प्रतिक्रिया दिनुहोस