काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारमा तत्कालीन (माओवादी केन्द्र) को तर्फबाट बन्ने मन्त्रीको नाम टुंगो लागेको छ ।
तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका मातृका यादव र चन्द्रपाणि खनाल ‘बलदेव’ हट्ने निश्चित भएको छ भने उनीहरुको ठाउँमा लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने निश्चित भएको छ ।
प्रचण्डको निजी सचिवालयले प्रचण्डले आफ्नो तर्फबाट दिनुपर्ने नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको जनाएको छ ।
यसबारे ओली थप अध्ययन गरेर निर्णय लिने बताइएको छ ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्री ओलीको भएको बताए । यता तत्कालिन एमालेको तर्फबाट भने टुंगो लागिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’