काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारमा तत्कालीन (माओवादी केन्द्र) को तर्फबाट बन्ने मन्त्रीको नाम टुंगो लागेको छ ।
तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका मातृका यादव र चन्द्रपाणि खनाल ‘बलदेव’ हट्ने निश्चित भएको छ भने उनीहरुको ठाउँमा लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने निश्चित भएको छ ।
प्रचण्डको निजी सचिवालयले प्रचण्डले आफ्नो तर्फबाट दिनुपर्ने नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको जनाएको छ ।
यसबारे ओली थप अध्ययन गरेर निर्णय लिने बताइएको छ ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्री ओलीको भएको बताए । यता तत्कालिन एमालेको तर्फबाट भने टुंगो लागिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग