काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ८ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । परिषद्को बुधबार बसेको बैठकले उच्च अदालत विराटनगर, इलाम इजालासका न्यायाधीश प्रकाशचन्द्र गजुरेलको उच्च अदालत जनकपुर, राजविराज इजलासमा सरुवा गरेको छ ।
यस्तै उच्च अदालत तुलसीपुरका न्यायाधीश शिवनारायण यादवको उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा भएको छ । यस्तै न्यायाधीशहरु विनोद शर्मा, कृष्ण गिरी, रमेश कुमार खत्री, रवि शर्मा, जनक पाण्डे र राजेश काफ्लेको पनि सरुवा भएको परिषद्ले जनाएको छ ।
यस्तै उच्च अदालतको न्यायाधीश पदको नियुक्तिका ६ जना जिल्ला न्यायाधीशको नाम सिफारिस भएको छ भने न्याय सेवा अधिकृतहरु मध्येबाट १ जना र अधिवक्ता मध्येबाट ५ जनाको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे
उच्च अदालतको फैसला कार्यान्वयन गर्न कर्मचारी संगठनको आग्रह