प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण मन्त्रिमण्डल हेरफेर हुन सकेन

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, १७ : ५९
प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण मन्त्रिमण्डल हेरफेर हुन सकेन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बुधबार हुने भनिएको मन्त्रिमण्डल हेरफेरको तयारी सरेको छ ।  
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बुधबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन हुन नसकेको बताए । उनले बिहीबार मन्त्रिमण्डल पुर्नगठन हुने सम्भावना रहेको पनि बताए । 
नयाँ मन्त्री छान्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा)को बुधबार ३ घण्टासम्म बैठक बसेको थियो । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मन्त्रिबारे मोटामोटी सहमति जनाएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस