सिद्धबाबामा बन्ने भयो सुरुङ्गमार्ग, टेन्डर आह्वानको तयारी

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १३ : ४७
सिद्धबाबामा बन्ने भयो सुरुङ्गमार्ग, टेन्डर आह्वानको तयारी

file photo

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबामा सुरुङ्गमार्ग बन्ने भएको छ । अर्थ मन्त्रालयको एक पत्रपछि सुरुङ मार्ग निमार्णको प्रकियामा जाने भएको हो  ।
बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष हुने गरेको छ । यही क्षेत्रमा धेरै यात्रुले ज्यान गुमाएका छन् भने कयौँ घाइते बनेका छन् । जोखिमयुक्त यो सडक खण्डमा दुर्घटनाको खतरालाई ध्यानमा राख्दै अब सो क्षेत्रमा सुरुङ्गमार्ग बन्ने भएको हो ।
सुरुङ मार्ग निमार्णको लागी अर्थ मन्त्रालयले वार्षिक बजेटमा १० अर्व १५ करोडको सीमा भित्र रहेर बहुवर्षीय ठेक्काको माध्यमबाट निमार्णको खरिद प्रकृया अगाडि बढाउन निर्णय अनुसार अनुरोध गरेपछि अब एक महिनाभित्र महिनाभित्र टेन्डर आह्वान हुने  सडक विभागका महानिर्देशक केशव शर्माले बताए ।
सुरुङमार्ग बनाउन अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै वार्षिक बजेटमा १० अर्व १५ करोडको सीमाभित्र रहेर बहुवर्षीय ठेक्काको माध्यमबाट निमार्णको खरिद प्रकृया अगाडि बढाउन निर्णय अनुसार अनुरोध गरेको छ ।
पहिरोको अति जोखिम क्षेत्रका रुपमा रहेको बुटवल–पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि सुरुङ मार्ग, हाफ टनेल, बेञ्च कट वा रकनेटलगायत आधा दर्जन प्रविधिमध्ये कुनै एक प्रविधि अपनाउन सकिने विषयमा लामो बहस भएको थियो ।
सुरुङ मार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ वमोजिमको प्रक्रिया पुरा गरी डिपीआर वमोजिम हुने गरी डिजाइन, निमार्ण तथा सञ्चालन मर्मत कार्यमा प्राविधिक सेवाको सुनिश्चित गरी लागत अनुमान वमोजिम प्रत्येक वर्ष खर्च हुने अनुमानित रकम मध्यकालिन खर्च संरचनामा समावेश गरी सोही वमोजिम वार्षिक वजेटमा प्रस्ताव गर्ने गरी १० अर्ब १५ करोडको सीमा भित्र रही प्रक्रिया अगाडि बढाउन मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस