नेमारद्वारा पीएसजीमा सम्झौता लम्ब्याउन अस्वीकार

एजेन्सी

मंगलबार, ०३ मंसिर २०७६, १२ : २४
नेमारद्वारा पीएसजीमा सम्झौता लम्ब्याउन अस्वीकार

एजेन्सी । ब्राजिलियन सुपरस्टार नेमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा सम्झौता लम्ब्याउन अस्वीकार गरेका छन् । पीएसजीले सन् २०२५ सम्म सम्झौता लम्ब्याउन गरेको प्रस्तावलाई नेमारले अस्वीकार गरेका हुन् ।

२७ बर्षीय नेमारको पीएसजीसँग सन् २०२२ सम्म सम्झौता छ । उनी सन् सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका थिए । नेमारले पछिल्लो समय पीएसजीमा त्यति नरुचाएको समाचार बाहिरि रहेको छ । त्यसैले उनले पीएसजीमा थप समय बस्न नचाहेका हुन् । नेइमारले यसै सिजन बार्सिलोना फर्कन चाहेका थिए । तर पीएसजीले नेमारका लागि प्रस्ताव गरेको तीन सय मिलियन युरो तिर्न बार्सिलोना तयार नदेखिएपछि उनी पीएसजीमै थन्किएका थिए ।

पछिल्लो समय नेइमार चोटले पनि सताईएका छन् । नेमारको चोटका कारण पीएसजीले ठूला प्रतिस्पर्धामा सोचेजस्तो नतिजा ल्याउन सकेको छैन । पीएसजीले नेमारलाई च्याम्पियन्स लिग जित्ने योजनासहित भित्र्याएको थियो । नेमारको लगातार चोटका कारण पीएसजीको त्यो सपना पूरा हुन सकेको छैन । यस सिजन पनि घाइते भएका नेइमार एक महिनाको विश्रामपछि मैदानमा फर्कने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस