काठमाडौं । हालै गरिएको एक सर्वेक्षणले नेपालीले मापदण्ड भन्दा दोब्बर मात्रामा ननु खाने गरेको सार्वजनिक गरेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दिनमा ५ ग्रामभन्दा बढी एक व्यक्तिले नुन खान हुँदैन। तर, नेपालीले भने उक्त मात्रामा नुन खाइरहेका कारण विभिन्न रोगले ग्रसित हुन थालेका छन् ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षण (स्टेप्स सर्वे) ले उक्त तथ्यांक देखाएको हो। सर्वेक्षण अनुसार नुन खानेमा महिलाभन्दा पुरुष अगाडि रहेका छन्। पुरुषले हरेक दिन ९ दशमलव १ ग्राम र महिलाले ८ दशमलव ७ ग्राम नुन खान गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
सर्वेक्षणमा नुन सेवनको मात्रा स्पट युनि परिक्षणका आधारमा निकालिएको हो। सर्वेक्षण देशभरका १५ देखि ६९ वर्ष उमेरका ५ हजार ५ सय ९३ जनसंख्यामा गरिएको थियो। यस्तो सर्वे हरेक ५ वर्षको अन्तरालमा गरिन्छ। सर्वेक्षण गत फेब्रुअरीदेखि मे सम्म गरिएको थियो।
चिकित्सकहरुका अनुसार धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन गर्दा पनि शरीरबाट पानी खेर जाने, स्नायू तरंग परिवहनमा समस्या देखापर्ने, मांसपेसी खुम्चिनमा समस्या देखापर्ने जस्ता समस्या देखापर्छन्।
नुनको मात्रा नियन्त्रणको उपाय अपनाउने २ दशमलव ६ प्रतिशत
सर्वेक्षण अनुसार खानामा नुनको मात्रा नियन्त्रण गर्न सधैँजसो केही उपाय अपनाउनेको प्रतिशत जम्मा २ दशमलव ६ प्रतिसत मात्र रहेको छ। नुनको मात्रा घटाउने उपाय अन्तर्गत तयारी खानेकुरा कम मात्रामा खाने वा खाँदैँ नखाने, घर बाहिरको खाना नखाने, खानामा नुन नै कम मात्रामा हाल्ने लगायतका विषय हेरिएको थियो।
जंक फुड खाने झण्डै २० प्रतिशत
सर्वेक्षण अनुसार जंक फुड वा नुन बढी मात्रामा हालिएको तयारी खानेकुरा खाने १९ दशमलव ५ प्रतिशत रहेका छन्। यस्ता खानेकुरा महिलाभन्दा पुरुषले बढी खाने गरेको पनि सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार २१ दशमलव १ प्रतिशत पुरुष र १८ दशमलव १ प्रतिशत महिलाले यस्ता खानेकुरा खान्छन्।
नुन स्वादको पर्याय हो। नुन विनाका परिकार निस्वाद लाग्छन्। स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्वपूर्ण यौगिक हो। तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि हानिकारक सावित हुनसक्छ।
दैनिक नुन कुन प्रदेशमा कति खान्छन्रु
प्रदेश १ – ९ दशमलव २ प्रतिशत
प्रदेश २ – ८ दशमलव ९ प्रतिशत
प्रदेश ३ – ९ दशमलव ३ प्रतिशत
गण्डकी प्रदेश – ९ दशमलव २ प्रतिशत
प्रदेश ५ – ८ दशमलव ७ प्रतिशत
कर्णाली प्रदेश – ९ दशमलव ५ प्रतिशत
सुदूरपश्चिम प्रदेश – ९ दशमलव १ प्रतिशत
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ मंसिर २०७६, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ रुपैयाँको नुन किन्न २५ सय खर्च