प्रकाश दाहालको आज दोश्रो स्मृति दिवश

खुमलटारमै सामान्य कार्यक्रम गरिने

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, ०७ : ४०
प्रकाश दाहालको आज दोश्रो स्मृति दिवश

काठमाडौं । तत्कालिन माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य प्रकाश दाहालको आज दाश्रो स्मृति दिवश । दुई वर्ष अघि आजकै दिन दाहालको ह्दयघात भई निधन भएको थियो  ।

नेकपा अध्यक्ष प्रचण्डका स्वकिय सचिव समेत रहेका दाहाल एमाले–माओवादी गठबन्धनको चुनावमा जिल्ला बाहिर रहि प्रचारप्रसार सकेर राजधानी आएका बेला एक्कासी ह्दयघातका कारण आकस्मिक निधन भएको थियो ।

प्रचण्डको पुत्र समेत रहेका दाहालको निधनसंगै उनका माता सिता दाहाल गम्भीर बिरामी बनेका छन् । प्रकाशको आज दोश्रो स्मृति दिवशको अवसरमा परिवारका सदस्यहरुले प्रचण्डको निजि निवास खुमलटारमा दिप प्रज्वलन गर्दैछ भने उनको स्मृति कार्यक्रम आन्तरिक रुपमा घरमा नै गर्ने तय भएको लाजिम्पाट श्रोतले जानकारी दिएको छ ।

नेकपा अध्यक्ष प्रचण्डका छोरा समेत रहेका दाहाल कुशल एवं लोकप्रिय युवा नेता थिए । १० वर्ष सम्म चलेको जनयुद्धको दौरान उनले पु¥याएको योगदान तत्कालिन माओवादी पार्टी भित्र निकै प्रशंशा हुने गरेका थिए । दाहाल मिडियामैत्री, सरल स्वभावका रहेका कारण पार्टीभित्र मात्र नभई युवा माझ पनि निकै लोकप्रिय थिए । तत्कालिन माओवादीका पार्टी आन्तरिक तथा बाह्य गतिविधि प्रकाश आफै सामाजिक संजालमा पोष्ट गर्ने गरेका कारण फेसबुक तथा ट्विटरमा लाखौं समर्थक थिए । वास्तविक नाम साकार दाहाल रहेका उनको संक्षिप्त जिवनी यस्तो छ ।

  • जन्मस्थान : शिवनगर, भीमसेननगर चितवन
  • जन्म मिति : २०३८ असार १७ गते
  • बुवाको नाम : पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • आमाको नाम : सीता दाहाल
  • पत्नीको नाम : बीना मगर
  • छोराहरु : प्रसिद्ध दाहाल/प्रणव दाहाल

जिम्मेवारी :

  • पोलिट्व्यूरो सदस्य, ने.क.पा. (माओवादी केन्द्र)
  • स्वकीय सचिव, अध्यक्ष क. प्रचण्ड
  • विभिन्न सामाजिक संघ/संस्थामा आवद्ध
  • सगरमाथा आरोहण : २०६९ जेठ ९ गते

राजनीतिक इतिहास :

ने.क.पा. (माओवादी) को पूर्णकालीन कार्यकर्ता (२०५७)। अध्यक्ष प्रचण्डको सचिवालय, अङ्गरक्षक र व्यवस्थापनमा निरन्तर सक्रिय। २०५७/२०५८ मा आधारभूत शैन्य तालिम र जनमुक्ति सेनामा क्रियाशील। अध्यक्ष प्रचण्डका सबै राजनीतिक सङ्घर्षमा बलियो साथ। २०६५ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव। २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव। २०७३ मा नेकपा (माओवादी केन्द्र) को पोलिट्व्यूरो सदस्य । १२ बुंदे सम्झौता, शान्ति सम्झौता लगायतका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका । सूचना, प्रविधिमा विशेष दख्खल र क्रियाशीलता। अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन र सुरक्षामा विशेष योगदान। प्रचण्डको दोस्रो प्रधानमन्त्री काल व्यवस्थित र सफल बनाउन विशेष योगदान। प्रवासमा रहेका नेपालीहरुसँग विशेष सम्बन्ध, सम्पर्क तथा उनीहरुको उद्दार र राहतमा अविस्मरणीय योगदान। २०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र पार्टी एकताको संकल्पको वातावरण बनाउन सक्रिय भूमिका। बहुमूखी प्रतिभाका धनी, पोख्त प्राविधिक, कुशल व्यवस्थापक र प्रशासक। सामाजिक सञ्जालमा झण्डै २० लाख ‘फ्लोअर्स’। मीडियामैत्री व्यक्तित्व। समन्वयकारी व्यक्तित्व, सरल, जनतासँग घुलमिल हुन रुचाउने, जिम्मेवारी कूलशलतापूर्वक निर्वाह गर्ने कार्यशैली। 

निधन : २०७४ साल मङ्सिर ३ गते बिहान, काठमाडौं।

 

 

प्रतिक्रिया दिनुहोस