पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ । गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् ।
लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा आठ, विदेशबाट ल्याएका उन्नत जातको बोका दुई र ५० वटा परेवाको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । उहाँले आगलागीबाट धुनियाको गोठ र त्यसमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको बताउनुभयो ।
बिहान १ बजे गोठमा भएको आगलागीबाट रु १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान रहेको छ । गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चार महिनामा एक हजार बढी आगलागीका घटना
धनगढीमा भीषण आगलागीबाट आठवटा सटर जलेर नष्ट
वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
नागार्जुनमा आगलागी, क्षतिको विवरण आउँन बाँकी
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति