किन बन्द भयो कलंकीको नेसनल अस्पताल ?

पत्रपत्रिकाबाट

बुधबार, २४ माघ २०७४, ०६ : ५९
किन बन्द भयो कलंकीको नेसनल अस्पताल ?

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कलंकीमा रहेको नेसनल अस्पताल प्रालि बन्द गर्न निर्देशन दिएको छ ।

सरकारी निकायबाट अनुमति नलिई सेवा सञ्चालन गरेको फेला परेपछि अस्पतालका सबै सेवा बन्द गर्न निर्देशन दिएको हो । विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार उक्त अस्पतालमा पुस १८ गते नै अनुगमन गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानबाटै अस्पतालले मापदण्ड पूरा नगरेको देखिएको थियो । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो खबर छापिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले पनि अस्पतालले मापदण्ड पूरा नगरेको जानकारी गराएपछि उक्त अस्पताल बन्द गर्ने निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस