बलात्कार आरोपमा युवक पक्राउ, युवतीका आफन्तले दाँत झारिदिए

पत्रपत्रिकाबाट

बुधबार, २४ माघ २०७४, ०६ : ५८
बलात्कार आरोपमा युवक पक्राउ, युवतीका आफन्तले दाँत झारिदिए

धरान । युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धरान २ स्थित संखुवासभा होटलमा बन्धक बनाएर दुई दिनसम्म बलात्कार गरेको भन्दै युवतीले दिएको उजुरीको आधारमा प्रहरीले खोटाङको दिप्रुङ गाउँपालिका ३ का २२ बर्षीय नवीन राइलाई पक्राउ गरेको हो ।

युवतीका आफन्तले राइलाई हातपात गरेर दाँत झारिदिएका छन् । आजको कान्तिपुरको पाँचौ पृष्ठमा यो खबर छ । समाचारमा लेखिएको छ, पुस १३ मा भएको उक्त घटनाको उजुरी सोमबार मात्र आएको हो ।

धनकुटाको चौबिसे घर भई धरानमा बसेर एक कलेजमा अध्ययनरत २० बर्षकी ती युवतीलाई होटलको १०२ नम्बर कोठामा थुनेर बलात्कार गरेको जाहेरीको आधारमा राइलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार युवतीका आफन्तले धरानमा राइलाई भेट्दा हातपात गरेर दाँत झारेका छन् । राईमाथि कुटपिटमा संलग्न युवतीका आफन्तलाई पनि कारबाहीका लागि उजुरी दर्ता भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस