अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

पत्रपत्रिकाबाट

बुधबार, २४ माघ २०७४, ०६ : ५५
अवैधानिक  रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं । मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा साउदी अरब पुर्याएका छन् ।

अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्याइएको हो । आजको कान्तिपुरको चौथो पृष्ठमा यो खबर छापिएको छ ।

समाचारमा लेखिएको छ, हाउसमेडमा पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन् ।

साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो ।

कुवेतको आवासीय भिसा लगाई अस्थायी रुपमा साउदी पुर्याइएका महिला कामदारको संख्या भने यसमा समावेश छैन ।

कुवेत वा साउदीबाट फर्केका महिलालाई पुनः श्रमस्वीकृति गरी पठाइएको छ । कोम कार्कीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस