हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।
घर भत्काउँदै गरेका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए । घाइते मोक्तानलाई हात्तीसुँडे स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु