आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

मंगलबार, २३ माघ २०७४, १८ : २०
आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंक अस्योरेन्स  सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स  सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस