प्रदेश स्तरीय विश्व विद्यालय चितवनमा बनाउन माग गरिने

सफल खबर संवाददाता

शुक्रबार, २९ कार्तिक २०७६, १८ : २६
प्रदेश स्तरीय विश्व विद्यालय चितवनमा बनाउन माग गरिने

चितवन । प्रदेश स्तरीय विश्व विद्यालय चितवनमा बनाउन नेपाल पब्लिक क्याम्पस संघ चितवनले प्रदेश सरकारसँग माग गर्ने भएको छ । नेपाल पब्लिक क्याम्पस संघ चितवनको तेस्रो जिल्ला अधिबेशनमा सहभागि निजि कलेजका सन्चालक तथा प्राचार्यहरुले शिक्षाको गुणस्तर बिकासका लागी स्वच्छ प्रतिस्पर्दा गर्ने, प्रदेश स्तरीय बिश्वबिद्यालय चितवनमा बनाउन दवाव दिने, कलेजका समस्या सामुहिक रुपमा हल गर्ने, केन्द्रिय समितिले पास गरेका निर्णय कार्यान्यन गर्न सहयोग गर्ने, प्रदेश सरकारले निर्णय गरेको निजि कलेजलाई अनुदान दिने निर्णयको स्वागत गर्ने लगायतका बिषयहरु उठान र छलफल गरेका थिए ।

अधिबेशनमा निजि कलेजहरुले प्रदान गर्ने शिक्षाको गुणस्तर बिकासका लागी बृहत छलफल भएको थियो । उच्च शिक्षाको गुणस्तर अझ प्रभावकारी बनाउन निजि क्षेत्रको भुमिका महत्वपुर्ण हुने भएकाले शिक्षाको गुणस्तर सुधार मुख्य एजेण्डाका रुपमा अगाडि सारिएको मैयादेबि कन्या कलेजका पुर्व प्रिन्सिपल कृष्ण प्रसाद न्यौपानेले बताउनु भयो । नेपाल पब्लिक क्याम्पस संघ चितवनका अध्यक्ष कृष्ण प्रसाद सुबेदीको अध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रम चिरन्जीबि श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष बसन्त पौडेलले आर्थीक प्रतिबेदन, सचिव सोमराज महतोले सचिवको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा कलेजका अध्यक्ष, प्रिन्सिपल र प्राध्यापक संघका सभापति केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै मैयादेबी कन्या कलेजका अध्यक्ष टंकनाथ पौडेलले निजि कलेजहरुले शिक्षाको बिकासका लागी एक भएर काम गर्नु पर्ने बताउनु भयो । चितवनमा पब्लिक क्याम्पस संघमा १८ कलेज आवद्ध रहेका छन् । प्रदेश सरकारले समेत निजि कलेजलाई अनुदान दिन थालेको छ । बिगतको वर्ष पनि केहि कलेजले अनुदान पाएका थिए । अधिबेशनले नया नेत्रित्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस