विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

शुक्रबार, २९ कार्तिक २०७६, ११ : ३०
विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । 

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस