भाइरल भिम विकलाइ नयाँ घर हस्तान्तरण

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, २० : ५३
भाइरल भिम विकलाइ नयाँ घर हस्तान्तरण

 चितवन । सामाजिक सञ्जालमा भाइरल भएका भिम विकको नयाँ घर निर्माण सम्पन्न भएको छ । नवलपुरको गैँडाकोट नगरापलिका ३ हर्दिका भिम विकलाइ सामाजीक अभियान्ता रन्जिता गुरुङको सक्रियतामा एक तले घर निर्माण सम्पन्न भएको हो । 

विहिवार जन्म दिनको अवसर पारी एक कार्यक्रमकाविच अभियान्ता गुरुङ र वडा अध्यक्ष सिवकान्त तिवारीले विकलाइ घरको चावी हस्तान्तरण गरे । घरको आर्थिक अवस्था कमजोर रहेका भिम धार्मिक पर्यटकियस्थल देवघाटको पुल छेउमा दैनिक मागेर बस्नेगरेका छन । 

घर निर्माणका लागी कुल ११ लाख ६७ हजार १ सय ६३ रुपैँया खर्च भएको अभियान्ता गुरुङले बताइन । जसमध्ये विभिन्न व्यक्तिबाट ५ लाख ४३ हजार ९ सय २८ रुपैँया सहयोग संकलन भएको थियो भने भिम विकको व्यक्तिगत ४७ हजार रुपैँया खर्च भएको थियो । 

यस्तै अभियान्ता गुरुङले स्वगीय हजुर बुबा र हजुर आमाको नाममा ६ लाख २३ हजार २ सय ३५ रुपैँया घर निर्माणमा सहयोग गरेकि थिइन । ७ महिना अघि रन्जिता लगायत ५ जनाको टिमले घर निर्माणको अभियान सुरु गरेका थिए । 

घर हस्तान्तरण कार्यक्रममा अभियान्ता, जनप्रतिनिधि, कलाकार, सञ्चारकर्मि र स्थानियको बाक्लो उपस्थिति रहेको थियो । ५१ वर्षीय विक विगत २० वर्षको उमेरदेखि देवघाटमा माग्दै बस्दै आएका छन । होचो कदका उनि शारीरीक रुपमा कमजोर छन भने रमाइला गफगाफ गर्न रुचाउने गर्दछन । 
 

प्रतिक्रिया दिनुहोस