रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताउनुभएको छ । बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र आज उद्घाटन गर्दै उहाँले विकासमा सबैको सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।
सबैको एकता र सहकार्यले नगर, वडा तथा टोलको विकासले फड्को मार्छ भन्दै महासचिव पौडेलले दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्न सबैलाई आह्वानसमेत गर्नुभयो । रुपन्देहीलाई सडक सञ्जालबाट जोड्न बुटवल–बेलहिया र तिनाउ–दानव नदी करिडोरसहित दर्जनौँ सडक आयोजनाको काम निर्माणको चरणमा रहेको चर्चा गर्दै उहाँले यी योजना सम्पन्न हुँदा रुपन्देही पूर्णरुपले विकसित हुने बताउनुभयो ।
लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष डिल्लीनारायण पाण्डेले सेवाको भावना राखेर स्थानीयवासीको उपचारका उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । भवन निर्माण समितिका संयोजक योगेश घिमिरेले क्लबका सदस्यको सहयोगमा रु एक करोडको लागतमा यस केन्द्रको भवन निर्माण गरिएको जानकारी गराउनुभयो । उक्त वडाको नयाँगाउँ उच्च माविले उपलब्ध गराएको पाँच कट्ठा जमीनमा उक्त केन्द्रको दुईतले भवनको निर्माण गरिएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
‘संविधान संशोधन अल्पमत र बहुमत नभई आम सहमतिको विषय हो’: विष्णुप्रसाद पौडेल
०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन्, निर्वाचनको वाचा पूरा हुन्छ: उपप्रधानमन्त्री पौडेल
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह