उद्योगपति रुप ज्योतिको रिहाईको माग गर्दै मौन जुलुस

सफल खबर संवाददाता

विहीबार, २८ कार्तिक २०७६, १४ : ३३
उद्योगपति रुप ज्योतिको रिहाईको माग गर्दै मौन जुलुस

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहाईका माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालिएको छ । उद्योगी, व्यवसायीहरुले पूर्व अर्थ राज्यमन्त्री समेत रहेका उद्योगपति ज्योतिलाई सुध्रिने मौका समेत नदिई ठगीको आरोपमा पक्राउको विरोध गरेका हुन ।

 ज्योतिलाई तत्काल रिहाको माग गर्दैै उनीहरुले बिहीबार काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि  मौन जुलुस निकालेका हुन् । उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौका समेत नदिई धरपकड गर्ने, पक्राउ गर्ने लगायतका काम नगर्न सरकारको ध्यानाकर्षण गराउन  मौन जुलुस सहितको शान्तिपूर्ण विरोध प्रर्दशन गरेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा र सम्मानमाथि आँच आउने गरी कुनै पनि कानुन निर्माण नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उद्योगपति ज्योतिलाई जग्गाको कारोबारमा करोडौं ठगी गरेको आरोपमा गत कार्तिक २१ गते बिहीबार पक्राउ गरिएको थियो ।  नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको आह्वानमा आयोजित मौन जुलुसमा व्यवसायीहरुले उद्योगी व्यवसायीहरुलाई धरपक्कड नगरी सम्मान र सुरक्षाका साथ व्यवसाय गर्ने वातावरण बनाउन पनि सरकारसँग माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस