काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान भएको भेटवार्तामा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन प्रचण्डले खेलेको भूमिकाको प्रशंशा गरेका थिए ।यस्तै राष्ट्रपतिले आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल सुन्दर मुलुक भएको बताए ।
नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति अब्दुलले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकता अविस्मरणीय रहेको बताए ।
यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि दुई राष्ट्रपति अब्दुल र अध्यक्ष प्रचण्डबीच छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ कार्तिक २०७६, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीता दाहालको स्मृति दिवसमा प्रचण्डले गरे मानव सेवा आश्रममा सहयोग
राजनीतिको संस्थापन पक्ष माओवादी हो, कांग्रेस–एमाले प्रतिपक्ष हुन् : प्रचण्ड
भोटेकोशी बाढी : उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौँ : प्रचण्ड
अहिले संसद र न्यायलयमा जे चलिहेको छ , त्यो जनतासँग हामीले गरेको कबुल विपरित छन् : प्रचण्ड
संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम बन्यो: प्रचण्ड