नक्कली डाक्टरले २१ जनामा एचआइभी सारेको खुलासा

एजेन्सी

मंगलबार, २३ माघ २०७४, १५ : ०५
नक्कली डाक्टरले २१ जनामा एचआइभी सारेको खुलासा

काठमाडौं । भारतीय स्वास्थ्य अधिकारीले एक जना नक्कली डाक्टरको लापरबाहीका कारण कम्तिमा २१ जनामा एच.आई.भी. को संक्रमण सरेको बताएका छन् । उनका अनुसार सो रोग संक्रमित सिरिन्ज तथा सुईको कारणले सरेको हो ।
अधिकारी सुशील चौधरीले राजेन्द्र यादव नामक उक्त नक्कली डाक्टरलाई पुलिसले खोजी गरिरहेको जनाएका छन् । सो घटना उत्तर प्रदेशस्थित ‘सानो सहर’ बन्गरमाउमा भएको हो । उनले सो सहरको एक बस्तीमा गरिबहरुलाई रुघा, खोकी र पखालाको लागि स्वास्थ सेवा दिइरहेका थिए ।
गाउँलेहरुले उपचारका क्रममा ती ‘डाक्टर’ले बिरलै सुई बदलेको देखेको बताएका छन् । चौधरीले सोही कारण एच.आई.भी. फैलिएको हुन सक्ने उल्लेख गरे ।
भारतको स्वास्थ सेवा प्रणालीमा डाक्टर र हस्पीटलको उलेख्य अभावले लाखौं गरिब सस्तो र छिटो सेवाको लागि नक्कली डाक्टरको भर पर्नु पर्ने अवस्था छ ।
सन् २०१६ को अन्त्यसम्म भारतमा २१ लाख मान्छेहरुमा एच.आई.भी. सक्रमण देखिएको ‘संयुक्त राष्ट्र संघिय एड्सका लागि सहकार्य’ कार्यक्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस