प्रचण्डसगं चितवनबासीका अपेक्षा नै अपेक्षा

सुजन अधिकारी

विहीबार, ३० कार्तिक २०७४, २० : ००
प्रचण्डसगं चितवनबासीका अपेक्षा नै अपेक्षा

भरतपुर ।  नेपालीहरु लामो समय देखि देश विकासको प्रतिक्षमा छन् । अहिलेको मुख्य बिषय हो देशको विकास र समुन्नत राष्ट्र निमार्ण गर्नु । अब त्यो प्रतिक्षा पुरा हुनेमा कति विश्वस्त छन त कति छैनन् । तर देशको अबको यात्रा देशको वृहतर विकास र समुन्नत राष्ट्र निमार्ण नै हो । यसका लागि नेपालमा पञ्च बर्षिय सरकारको खाचो छ । पछिल्लो समय नेपालको राजनीतिलाई हेर्ने हो भने ९/९ महिनामा सरकार परिर्वतन भएको पाईन्छ । यस्तो अवस्थाले गर्दा नै देशको विकास भएन् । नेपालमा ०६२/६३ को अन्दोलन पछि धेरै पार्टीको जन्म भयो । पाटीको जन्म त भयो तर यसले जनताको हितमा काम गर्ने भन्दा पनि नयां पाटी जन्माउने टे«न्डमात्र चलायो । यो टे«न्ड नेपाली जनताको लागि घातक नै भयो । देश अहिले संघिय व्यवस्थामा जादैछ ।

नेपालीको संविधान २०७२ अहिले कार्यन्यनको चरणमा छ । अहिले हामी प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको संघारमा छौ । यहांसम्म आईपग्दा जनताको मुख्य चाहाना स्थिर सरकार नै हो । छोटो छोटो समयमा हुने सत्ता परिवर्तनले जनतालाई निराश तुल्याएको थिए । समयको माग अनुसार नेपालमा सिद्धान्त मिल्ने पाटी बिच फेरी एकता तथा एकिकरण हुने क्रम जारी छ । यस बिचमा नेपालका दुई ठुला कम्युनिष्ट पाटीबिच एकता हुने सहमति सहित बाम एकता भएको छ । यसले नेपाली जनतालाई उत्साहित बनाएको देखिन्छ । बामगठबन्धन भएसगै दुई पाटी नेकपा एमाले र नेकपा माओवादी केन्द« साझा घोषणा पत्र सहित निर्वाचनमा होमिएका छन् । उनीहरुको मुख्य एजेण्डा स्थिर सरकार र देशको वृहतर विकास छ । आसन्न प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचन आए सगै नेपालका केहि ठाउले राम्रै चर्चा पाएको छ ।

चर्चा पाउनुको कारण देशको नेतृत्व गरिरहेका शिर्ष नेताको उम्मेदवारी पर्नु हो । चितवनको क्षेत्र नं. ३ मा माओवादी केन्द«का अध्यक्ष प्रतिनिधी सभाको बामगठबन्धको साझा उम्मेदवारको रुपमा खडा भएपछि माहोल नै तातिएको छ । चितवन उनको गृह जिल्ला भए पनि ११ बर्ष पछि मात्रै उम्मेदवार भएर आएका छन् । उनीको चर्चा अहिलाका वनमन्त्री विक्रम पाण्डे भएकाले मात्र भएको होईन् । उनले आफु दोस्रो पटक प्रधानमन्त्री भएका बेला चितवनमा ल्याएको विकासको प्याकेज पनि एक मुख्य कारण हो । प्रधानमन्त्री भए लगत्तै उनले जिल्लालाई मात्र केन्द्रित गरेर प्रचण्डले १ अर्ब ५२ करोड रुपियाँको विकासको प्याकेज घोषणा गरेका थिए । जसले उदारणीय काम गर्छ उसलाई नै मानिसले आशा गरेको हुन्छ । कसैले राम्रो कार्य गरेको छ भने अनुशरण भएको पाईन्छ ।

प्रचण्ड चितवनबाट निर्वाचित भए क्षेत्र नं. ३ को मात्र नभई समग्र चितवनको नै विकास हुनेमा यहाका जनताले अपेक्षा गरेका छन् । उनी २ कार्यकाल प्रधानमन्त्री भईसकेका ,माओवादी केन्द«का पाटी अध्यक्ष र नेपाल राजनीतिमा देखिएको भुमिकाले सधै चर्चामा हुन्छन । उम्मेदवारी दिने संकेत पहिल्यै गरेका भए पनि उम्मेदवारी पक्का भएपछि सबैले चितवनमा उनको आवश्यकता महशुस गरिएको छ । जिल्लाको बृहतर बिकासको खाका सार्वजनिक गरिसकेका छन् । उनले यस अघि ल्याएको प्याकेजका कार्यहरु चितवनमा धमाधम निमार्णधीन छन् । त्यसैले पनि उनलाई बढी आश गरिएको छ । जनताले अहिले भाषण गर्नेलाई भन्दा काम गर्ने प्रतिनिधीलाई चुन्ने गर्दछन् ।

प्रचण्डले बामगठबन्धको तर्फबाट आफ्नो प्रतिस्पर्धीलाई सजिलै पराजित गर्दछन् तै पनि देशकै शिर्ष नेता भएकाले धेरै मतान्तरले जित्नु पर्ने दबाब उनीमा देखिन्छ । क्षेत्र नं. ३ को मत हेर्ने हो भने क्षेत्र नं ३ मा नै पर्ने वडा नं ६,१४,१५,१७,१८,१९,२० मा कांग्रेसको प्रभाव छ । माओवादीको प्रभाव माडी र महानगरको वडा नं १३, २५, २२ मा छ । भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन आउँछ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ थप्दा २४ हजार ९ सय ५६ हुन्छ ।

यो दुवै मतलाई जोड्दा वामगठवन्धनको मत ४२ हजार ४ सय ६४ हुन्छ । यता, भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ । यहाँ लोकतान्त्रिक गठवन्धन भन्दा वाम गठवन्धन ७ हजार बढी मतले अगाडि छ । पछिल्लो चितवनको घटनाक्रम बदलिएको छ । प्रचण्डको चितवन क्षेत्र नं ३ मा उम्मेदवारी पर्न साथ राप्रपा प्रजातान्त्रिक ,राप्रपा,नया शक्तिबाट माओवादी केन्द«मा प्रवेश गरिरहेका छन् । निर्वाचन आउन अझै केहि हप्ता बाकी नै छ । यसबिचमा अझै धेरैले माओवादी केन्द«मा पाटी प्रवेश गर्न सक्ने आकलन पनि छ ।

प्रतिक्रिया दिनुहोस