काठमाडौं । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको मुख्य सल्लाहकार परिवर्तन हल्ला सावित हुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुने उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित सचिवालयका सबैले १ मंसीरबाट लागू हुनेगरी राजीनामा बुझाएपछि उनले यस्तो बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘प्रमको "समृद्ध नेपाल सुखी नेपाली" अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ कार्तिक २०७६, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल
हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल
एमाले कमजोर भएको छैन, अझ शक्तिशाली भयो: शंकर पोखरेल
‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार गर्न खोजिँदै छ : शंकर पोखरेल
नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : शंकर पोखरेल