बंगलादेशका राष्ट्रपति काठमाडौँ आइपुगे

सफल खबर संवाददाता

मंगलबार, २६ कार्तिक २०७६, १३ : ३६
बंगलादेशका राष्ट्रपति काठमाडौँ आइपुगे

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै विमास्थल पुगेकी थिइन् ।  
नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । 

भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।  

हमिद सन् २०१३ मा पहिलो पटक बंगलादेशको राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपतिको दोस्रो कार्यकालका लागि उनी सन् २०१८ मा पुनःनिर्वाचित भएका थिए । 

सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि १९७२ मा नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस