पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् ।
ठुला - ठुला भ्रस्टाचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भएको बताए । एनसेल कर छुट, ३३ क्विन्टल सुन काण्ड , वाईडबढी हवाईजहाज काण्डमा ठुला दल र नेताहरुको संलग्नता रहेको चर्चा गर्दै थापाले बिदेशी हस्तक्षेप र प्रभाब रोक्न राष्ट्रबादी शक्ति बलियो हुनुपर्ने आबश्यकता औल्याए ।
परिबर्तनको नाममा हामिले धर्म, संस्कृति कमजोर बनायौ, आत्मसमर्पणबादी मानसिकताको बिकास गर्यौ भन्दै यो प्रवृत्तिको अन्त्य जरुरि भएको बताए । कास्की -२ को चुनाबी अभियानमा सहभागी हुँदै थापाले कास्किको निर्बाचन परिणामले सरकार ढल्ने वा काङ्ग्रेस बढ्ने अबस्था नभएकोले परिबर्तनको सन्देश दिन राप्रपालाई जिताउन आग्रह गरे ।
काङ्ग्रेस कम्युनिस्टलाई जितायौ भने मनपरितन्त्र, ब्रम्हलुट, बिकृतिको नै मनोबल बढ्ने हुदा अराजक प्रवृत्तिको अन्त्यको लागि राप्रपालाई मतदान दिन थापाले आग्रह गरे । थापाले आज कास्की -२ को तीन स्थानमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गरेका थिए ।
३३ नम्बर वडा बागमारा बजार, २१ नम्बर बडा कृस्ती र पोखरा पुरानो बसपार्क ९ नम्बर वडामा आयोजित सभालाई थापाले सम्बोधन गरेका थिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष तोरण गुरुङ , प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ , उम्मेदवार रोम बहादुर भण्डारी र चुनावि अभियानका संयोजक जयलाल पुन लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ कार्तिक २०७६, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा