एलआईसी नेपालको ‘पेन्सन बीमा योजना’ बजारमा

मंगलबार, २३ माघ २०७४, १४ : ०९
एलआईसी नेपालको ‘पेन्सन बीमा योजना’ बजारमा

काठमाडौं । ‘पेन्सन...अब नो टेन्सन !’ भन्ने सन्देशका साथ न्युनतम् ४० देखि ७५ वर्षसम्म उमेरका ग्राहकहरुलाई लक्षित गरी एल.आई.सी. नेपालले ‘जीवन अक्षय–१’ नामक पेन्सन बीमा योजना बजारमा ल्याएको छ ।
माघ २२ गते एक समारोहबीच उक्त योजनालाई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागा“ईले औपचारिकरुपमा सार्वजनिकरण अनावरण गरे ।
जीवन अक्षय–१ योजना बीमा चालु हुनासाथ पेन्सन लिन मिल्ने नेपालको पहिलो र एकमात्र योजना भएको कम्पनीको भनाई छ ।
 यस योजनामा विमितले शुरुबाट नै आजीवन र निजको मृत्युपश्चात पति–पत्नीलाई पनि जीवनभर ५० प्रतिशत  पेन्सन सुविधा दिने प्रावधान राखिएको छ ।
सो कम्पनीमा केही वर्षअघिदेखि जीवन तरङ्ग नामको पेन्सन प्रकृतिको बीमा योजना बिक्री हुदै आएको थियो  । जसमा परिपक्वतापछि बीमाड्ढको ५५ रकम वार्षिकरुपमा पेन्सनकोरुपमा आजीवन पाइन्थ्यो । तर, बीमा समितिबाट पारित योजनामा वर्तमानदर तथा विमितको उमेर अनुसार बीमाड्ढ रकममा सर्वाधिक ११.७७५ सम्म रकम पेन्सनको रुपमा पाउन सक्ने कम्पनीको भनाई छ ।
एलआईसी नेपालको का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले आमनागरिकहरुलाई पेन्सनको माध्यमबाट आर्थिक सुरक्षा दिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस