डा केसीको समर्थनमा सरकारी सवारी साधन सञ्चालनमा रोक

आइतबार, २४ कार्तिक २०७६, १४ : ०६
डा केसीको समर्थनमा सरकारी सवारी साधन सञ्चालनमा रोक

अमरगढी । चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको  छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ थियो । 

यस्तै उक्त सङ्घको नेतृत्वमा आज दिउसोदेखि अपरान्हसम्म  सदरमुकाम बागबजार क्षेत्रका पसल बन्द गर्ने निर्णय पनि गरिएको छ । डडेल्धुरा अस्पतालमा सत्याग्रहमा रहनुभएका डा केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रम हुँदै आएका छन् ।  (रासस)  
 

प्रतिक्रिया दिनुहोस