भारतीय दूतावासको गेटमा नेविसंघले जलायो मोदीको पुत्ला

सफल खबर संवाददाता

शुक्रबार, २२ कार्तिक २०७६, २१ : १३
भारतीय दूतावासको गेटमा नेविसंघले जलायो मोदीको पुत्ला

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अमृत साइन्स क्याम्पस इकाई कमिटीले  लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । 

आक्रोसित विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो ।  झडपका क्रममा सुजन गुरुङ, देवेन्द्र तिवारी, अमृतजंग बस्नेत, प्रकाश अर्याल, आङनिमा शेर्पालगायत विद्यार्थी घाइते भएका छन् । 

आक्रोशित विद्यार्थीले आइतबार भारतीय दूतावासको सवारी साधन चल्न नदिने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस