काठमाडौँ । पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी रुपज्योतिलाई ठगी अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठगी आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ । रुपज्योति पूर्व अर्थसहायकमन्त्री समेत हुन् ।
जिल्ला अदालत काठमाडौंले गत वर्ष मंसिरमा ठगी मुद्दामा ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।
मंगलबार सर्वोच्चले रुपत्यसको २ वर्षपछि ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।
सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ