भारतले भन्यो- नयाँ नक्सामा नेपालको भूमि मिचिएको छैन

सफल खबर संवाददाता

विहीबार, २१ कार्तिक २०७६, १७ : ०६
भारतले भन्यो- नयाँ नक्सामा नेपालको भूमि मिचिएको छैन

काठमाडौँ । भारतले हालै सार्वजनिक गरिएको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भू्मि नमिचिएको दावी गरेको छ ।  
भारतले कालापानी क्षेत्रको नेपाली भूमि मिचेको भन्दै नेपालमा व्यापक विरोध भइरहेको बेला उसले नक्सा ठीक भएको दाबी गरेको हो । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताए । ‘नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस