दाङ । दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि दलहरुले मनोनयन दर्ता गराएका छन् ।
नेकपा उम्मेदवार विमला वली र नेपाली कांग्रेसका केशव शर्मा आचार्यले मनोनयनपत्र दर्ता गराएका छन् । वलीको मनोनयन दर्ता कार्यक्रममा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेल, प्रदेश अध्यक्ष ओनसरी घर्ति, राष्ट्रियसभा सदस्य कोमल वलीलगायत नेताहरु नेता तथा कार्यकर्ता सहभागी थिए ।
जुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराइएको हो । ओलीको प्रस्तावकमा सोभाराम बस्नेत र समर्थकमा एम।एन। शाह रहेका छन् । यस्तै नेपाली काँग्रेस उम्मेदवार आचार्यको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का रहेका छन् ।
घोराहीस्थित कांग्रेसको पार्टी कार्यालयबाट पार्टीका नेता कार्यकर्ताहरुको र्याली सहिद गेट हुँदै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइएको थियो । दाङ क्षेत्रनम्बर ३ ‘ख’बाट प्रदेशसभामा निर्वाचित नेकपाका उत्तर कुमार ओलीको निधन भएपछि सो क्षेत्रमा १४ मंसिरमा उपनिर्वाचन हुन लागेको हो । अन्य साना दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश