कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १६ जना उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । जसमा २ जना स्वतन्त्रतर्फका उम्मेदवार पनि छन् ।
यो निवार्नचन क्षेत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराईका साथै प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेलले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् ।
देशभक्तभ समाजका वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस वीपी पार्टीका चन्द्र बहादुर रानाभाट, साझा पार्टीका रजनी केसीले पनि उम्मेदवार मनोनयनपत्र दर्ता गरेका छन् । कास्कीमा स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंगेनी र कमलजंग कुवँरले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेका अनुसार बिहीबार १ बजेभित्र १६ जनाको उम्मेदवारी दर्ता भएपनि अरु केही सो समयमा कार्यलयभित्र पसेकाले थपिन सक्ने जानकारी दिए ।
यसैबीच उम्मेदवारी मनोनयन दर्ता लगत्तै दलहरुले चुनावी सभा थालेका छन् । नेकपाले उम्मेदवारी मनोनयनसँगै पोखराको रत्न चोकमा चुनावी सभा गरेको छ । त्यस्तै काँग्रेसको पोखरा एयरपोर्ट नजिक मुस्ताङचोकमा चुनावी सभा गरको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ कार्तिक २०७६, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश
३७ सीटको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)
उपनिर्वाचनमा सहभागी सबैलाई गृहमन्त्रीले दिए धन्यवाद
कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन ?
स्थानीय तह उपनिर्वाचनमा मतदान सुरु