सुमीलाई भिटेनको सहारा

पत्रपत्रिकाबाट

बुधबार, २० कार्तिक २०७६, २० : ५९
सुमीलाई भिटेनको सहारा

काठमाडौं । फिल्म चलाउने बेलामा फिल्मकर्मी अनेका फन्डाको खोजीमा हुन्छन्। धेरै त भाइरलको खोजीमा हुन्छन्। केही समयपहिले नम्रता श्रेष्ठ ‘जाइरा’ चलाउने समयमा लाइफ ड्यामेज बाबाको शरणमा पुगेकी थिइन्।

हालसालै विवाह गरेका बाबाले फिल्मको पोस्टर–सोस्टर देखाएर फिल्म हेर्न आइदिन आह्वान गरेका थिए। तर, दर्शकले बाबाको कुरालाई गम्भीरतापूर्वक लिएनन्। भर्खरै पूजा शर्मा पनि बाबाकै शरणमा पुगेकी थिइन्। तर, पूजाको ‘पोइ पर्‍यो काले’लाई बाबाको प्रचारले खास फाइदा भएन। 

प्रहरीले पक्रेपछि समीर घिसिङ उर्फ भिटेन पनि आजभोलि भाइरल भएका छन्। फिल्मको हाइप बढाउन नसकेर हैरान भएकी सुमी मोक्तानले अन्ततः यिनै भिटेनको सहारा लिएकी छिन्।

उनले पनि रिलिजको मुखमा आएर ‘सरौतो’ का लागि  भिटेनको स्वरमा गीत रेकर्ड गराएकी छिन्। चार चोटि रिलिज मिति हेरफेर भएको फिल्म कात्तिक २९ बाट सरेर मंसिर १३ मा पुगेको छ र सुमीले १५ दिन बाँकी छँदा बल्ल गीत रेकर्ड गराएकी छिन्। ट्रेलरले खिच्न नसकेको ध्यान अब भिटेनको गीतले खिच्ला त ? सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस