चितवनमा पनि भारतविरुद्ध अनेरास्ववियूको प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, १७ : ५६
चितवनमा पनि भारतविरुद्ध अनेरास्ववियूको प्रदर्शन

चितवन । नेपाली भूमिलाई भारतले आफ्नो देशको नक्सामा राखेको विरोधमा चितवनमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले भरतपुरको चौबीसकोठीमा आज भारतविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आप्mनो देशको नक्सामा राखेको विरोधमा विद्यार्थी र युवाहरुले आधा घण्टा प्रदर्शनसहित कोणसभा गरे । कोणसभामा सम्बोधन गर्दै विद्यार्थी नेता अशोक देवकोटाले भारतले विगतदेखिको हेपाहा प्रवृत्ति फेरि दोहो¥याएकाले राष्ट्रियता संरक्षणका लागि सडकमा उत्रिनु परेको बताए । उनले आजको कार्यक्रम सांकेतिक रुपमा रहेको र सरकारले समस्या समाधानका लागी प्रभावकारी भुमिका नखेले भारत विरुद्धको आन्दोलन देशव्यापी रुपमा आगो बनेर निस्कने चेतावनी पनि दिए ।
कार्यक्रममा सम्बोधन गर्ने युवा तथा विद्यार्थी नेताहरुले राष्ट्रियताको सवालमा सबै नागरिकलाई एक भएर उठ्न आह्वान पनि गरेका छन् । गो ब्याक भारत, भारतीय विस्तारबाद मुर्दावाद लगायतका प्लेकार्डसहित विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस