प्रेमीकै सहयोगमा राजधानीमा अर्को बलात्कार

पत्रपत्रिकाबाट

मंगलबार, २३ माघ २०७४, १० : ०३
प्रेमीकै सहयोगमा राजधानीमा अर्को बलात्कार

काठमाडौं  । ल्यान्डमार्क होटलमा प्रेमीकै सहयोगमा भएको सामूहिक बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला राजधानीको अर्को होटलमा बलात्कारको घटना भएको छ ।

त्यो घटना पनि प्रेमीकै सहयोगमा भएको प्रहरीले जनाएको छ । आज प्रकाशित दृष्टि साप्ताहिकमा यो खबर छ ।

समाचारमा लेखिएको छ, एक साताअघि सुन्धाराको एसियन होटलमा भक्तपुर बस्ने एक युवतीको बलात्कार भएको हो ।

प्रेमीले एक हप्तासम्म होटलमा राखेर आफूमाथि बलात्कार गरेको उजुरी युवतीले दिएकी छिन् । सोही आधारमा प्रहरीले अशोक गुप्ता नामक युवकलाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार युवतीको यौन शोषण गरेपछि गुप्ता भागेका थिए । बिहे गर्ने भनेर होटलमा राखेकोमा पछि बिहे गर्न नसक्ने भन्दै युवक भागेका थिए ।

त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएर युवकलाई पक्राउ गराएकी हुन् । सुरुमा युवकले पैसा दिएर घटना मिलाउन खोजेका थिए । पछि युवतीले जाहेरी दिएकी हुन् । जाहेरी दिएपछि प्रहरीले तत्कालै दर्ता गरी गुप्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस