राजधानी छिरेका प्रकाश चन्दको नेतृत्वमा माइतीघरमा प्रदर्शन

सफल खबर संवाददाता

मंगलबार, १९ कार्तिक २०७६, १५ : ५७
राजधानी छिरेका प्रकाश चन्दको नेतृत्वमा माइतीघरमा प्रदर्शन

काठमाडौँ । मेडिकल कलेज सञ्चालकहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरे । संघर्ष समितिका संयोजक प्रकाश चन्द सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा हुन् । उनको नेतृत्वमा मेडिकल क्षेत्रमा भएको बेथितिविरुद्ध केही समययता आन्दोलन हुँदै आएका छन् ।
विद्यार्थीमाथिको दमन बन्द गर, मेडिकल माफिया मुर्दावाद, प्रगतिशील विद्यार्थी एक होऔं लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका उनीहरुले मेडिकल कलेजहरुले मनपरी शुल्क असुल्दा पनि राज्य मौन भएको भन्दै सरकारको कडा आलोचना समेत गरेका थिए ।
प्रदर्शनका क्रममा अभियानका संयोजक प्रकाश चन्दले बढी असुलिएको सुल्क फिर्तालगायतका आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस