‘छ माया छपक्कै’ चौथो सातामा, आम्दानी कति ?

सफल खबर संवाददाता

सोमबार, १८ कार्तिक २०७६, १२ : ३७
‘छ माया छपक्कै’ चौथो सातामा, आम्दानी कति ?

काठमाडौं । दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ । 
फिल्मले एकसाता पनि राम्रो ब्यवसाय गर्न नसकिएको बर्तमान समयमा ‘छ माया छपक्कै’ले भने प्रदर्शनको चौथो साता पार गर्न सफल भएको छ ।
‘फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ’ निर्माता रोहित अधिकारीले भने ‘दर्शकको माया देख्दा हामी निकै खुसी छौं ।’

चौथो सातामा पनि राम्रो दर्शक पाएको फिल्मको अहिलेसम्मको आम्दानी कति ? ‘फिल्मको कमाई १२ करोड नजिक पुगेको निर्माता अधिकारीले बताए । उनले थपे, ‘‘छ माया छपक्कै’ले १२ करोड त कमाउछ । त्यो भन्दा अगाडि म भन्न सक्दिन ।’
राजनैतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समिक्षकले समेत तारिफ गरेका कारण पनि यो फिल्म राम्रो चल्न सफल भएको हो । 
मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढ्ने ‘छ माया छपक्कै’ले आफुलाई अनुभव गराको निर्देशक दीपेन्द्र लामाले बताए ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मूभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस