नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’

पत्रपत्रिकाबाट

मंगलबार, २३ माघ २०७४, ०७ : ०८
नयाँ बानेश्वरमा पनि बन्ने भयो ‘अन्डरपास’

सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास (सुरुङ मार्ग) बनाउने भएको छ ।  चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपास डिजाईनमा बानेश्वरमा पनि बनाउन लागिएको हो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

यसअघि फ्लाईओभर बनाउने योजना रहेकामा सम्भाब्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो ।  अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाखा प्रमुख अर्जुन थापाले जानकारी दिए ।

संघीय संसद् भवनदेखि बान्शेवर चोक अगाडिसम्मको करिव एक किमि क्षेत्रभित्र अन्डरपास बनाउन सम्भाव्यता अध्ययन थालिएको छ।

प्रतिक्रिया दिनुहोस