युद्धमा मारिएका सबै सरकारी कर्मचारी शहीद

पत्रपत्रिकाबाट

मंगलबार, २३ माघ २०७४, ०७ : ०५
युद्धमा मारिएका सबै सरकारी कर्मचारी शहीद

माओवादी युद्धका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई सरकारले शहीद घोषणा गरेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यकाल सकिएकाले एक बर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतनले जानकारी दिनुभयो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सुचना तथा सञ्चारमन्त्री बस्नतेले बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद सकिएकाले चार महिना थप्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस