दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित

पत्रपत्रिकाबाट

मंगलबार, २३ माघ २०७४, ०६ : ५३
दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित

दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनालाई मिलापत्र गराई गुपचुप राख्न मुख्य भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक लक्ष्मण ठकुरीको निलम्बन सिफारिस गृह मन्त्रालयले सदर गरेको छ ।

मिलापत्र गराउन संलग्न भएको भन्दै मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई भने यसअघि नै निलम्बन गरिसकिएको छ । घटना सार्वजनिक भएलगत्तै प्रहरी परिसर काठमाडौंले निलम्बनका लागि महानगरीय प्रहरी प्रभागलाई सिफारिस गरेको थियो । प्रभागले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।

१८ माघमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । तर पत्र पुगेको पाँच दिन बितिसक्दा पनि गृहले निलम्बनको सिफारिस कार्यान्वयन नगरेपछि प्रहरी प्रधान कार्यालयले यसबारे बुझबुझारथ थालेको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस