एजेन्सी । प्रहरीले एसेक्समा रेफ्रिजेरेटरयुक्त गाडीमा भेटिएका ३९ जना मृतक सबै भियतानामी नागरिक भएको बताएको छ ।
ती शव अघिल्लो हप्ता एसेक्स सहरको एक औद्योगिक क्षेत्रमा भेटिएको थियो । सुरुमा ती शवहरु चिनियाँ नागरिकको भएको आशंका गरिएको थियो ।
एसेक्स प्रहरीले आफूहरुले घटनासम्बन्धमा ‘भियतनाम र बेलायतमा रहेका परिवारसँग सिधा सम्पर्कमा गरिरहेको’ बताएको छ । त्यस्तै भियतनामी सरकारसँग पनि कुराकानी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
आफ्ना परिवार सदस्य उक्त गाडीमा भएको डरमा कयैन भियतनामी परिवार प्रहरीकहाँ आइरहेका छन् ।
२६ वर्षीया फाम थि ट्रा माइले मंगालबार राती आफ्नो परिवारलाई पठाएको म्यासेजमा आफ्नो ‘विदेश भ्रमण असफल भएको’ बताएकी थिइन् ।
मृत्युको कारण बुझ्नको लागि ३१ पुरुष र आठ महिलाको शवको पोस्टमार्टम जाँच भइरहेको छ ।
एसेक्स प्रहरी विभागका सहायक चिफ कन्स्टेबल टीम स्मिथले लोरीको शवबारे भने ,‘अहिले हामी मृतकहरु भियतनामका नागरिक भएको विश्वासमा पुगेका छौं । हामी भियतनामी सरकारसँग सम्पर्कमा छौं ।’
उनले प्रहरीले कुनै पनि मृतकको पहिचान गर्न नसकेको पनि बताए ।
लण्डनस्थित भियतनामी दूतावासले आफूहरु ‘अत्यन्त मर्माहत’ भएको र मृतकका परिवारप्रति ‘हार्दिक श्रदान्जली’ व्यक्त गर्ने प्रतिक्रिया दिएको छ ।
‘प्रत्येक मृतकका पहिचान भियतनाम र संयुक्त अधिराज्यका अधिकारीले पुष्टि गरिसकेका छैनन्,’ दूतावासले भनेको छ ।
दूतावसले ‘मृतकका परिवारलाई सघाउनको लागि भियतनाम र संयुक्त अधिराज्यका सम्बद्ध अधिकारीहरुसँग नजिकमा रहेर समन्वय गर्ने र आवश्यक परे मृतकलाई तिनको परिवारसम्म पु¥याउन सहयोग गरिने’ बताएको छ ।
संयुक्त अधिराज्यमा बसोबास गर्ने भियतनामी समुदायको संगठन ‘भियतहोम’ले आफूले प्राप्त गरेको २० सम्भावित मृतकको तस्विर प्रहरीलाई हस्तान्तरण गरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १६ कार्तिक २०७६, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु