अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने तयारी भइरहेको छ ।
अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभले बिहिबार राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव चलाउने प्रस्तावलाई मञ्जुरी दिएको छ । यसको पक्षमा २३२ भोट हालियो भने विरोधमा १९६ भोट खस्यो । प्रतिनिधी सभामा डेमोक्रेटिक पार्टीको बहुमत छ । यसैको नेतृत्वमा महाभियोग अनुसन्धान प्रक्रिया सुरु गरियो । ट्रम्पमाथि आफ्ना विरोधी जो बिडेन र उनका छोराविरुद्ध युक्रेनी ग्यास कम्पनीमा भ्रष्टाचारको मामलाको अनुसन्धानका लागि युक्रेनमाथि दबाब दिएको आरोप छ ।
प्रस्तावमा सार्वजनिक अनुसन्धान गर्न र यसको नेतृत्व कांग्रेसको गोप्य मामलाको समितिका प्रमुख एडम स्किफलाई दिन भनिएको छ । समितिका प्रेसिडेन्ट म्याक्गवर्नले राष्ट्रपतिद्वारा शक्तिको दुरुपयोग, राष्ट्रिय सुरक्षा र चुनाव प्रक्रियाको गोप्य सम्झौता गरेको प्रमाण आफूसँग भएको बताए ।
ट्रम्पलाई पदबाट हटाउनका लागि २० रिपब्लिकन सांसदले आफ्नै राष्ट्रपतिविरुद्ध भोट हाल्नु पर्नेछ । यद्यपि, यसको सम्भावना कमै छ । अहिलेसम्म अमेरिकी राजनीतिक इतिहासमा कुनै पनि राष्ट्रपतिलाई महाभियोगमार्फत् हटाइएको छैन । अमेरिकाका १७ औं राष्ट्रपति एन्ड्रयू जोनसन र ४२ औं राष्ट्रपति बिल क्लिैटनविरुद्ध महाभियोग प्रक्रिया चलेको थियो तर दुबैजना योबाट बचेका थिए ।
गलत काम भएको प्रमाण नभेटिए ट्रम्प सुरक्षित हुनेछन् भने प्रमाण भेटिए प्रतिनिधि सभा महाभियोगका विभिन्न धारा लगाउनका लागि मतदान हुनेछ ।
यो मतदानमा बहुमतभन्दा कम भोट खसे ट्रम्पलाई कुनै खतरा छैन तर बहुमतभन्दा धेरै भोट आए महाभियोगको मामला अघि बढ्नेछ । त्यसपछि मुद्दा सिनेटमा जानेछ, सिनेटले विभिन्न धारामा सुनुवाई गर्नेछ । ट्रायलमा सिनेटले ट्रम्पलाई दोषी देखाउनका लागि भोटिङ गर्नेछ । यो मतदानमा दुई तिहाईभन्दा कम भोट आए ट्रम्प पदमा रहिरहनेछन् । धेरै भोट आए ट्रम्पले कुर्सी छोड्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ कार्तिक २०७६, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग छोड्ने मस्कको संकेत
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
ट्रम्पको नयाँ ट्यारिफ नीतिपछि विश्व शेयर बजारमा २०२० यताकै ठूलो गिरावट