यी हुन् विदेश भ्रमणमा लर्को लाग्ने कर्मचारीहरु

पत्रपत्रिकाबाट

सोमबार, २२ माघ २०७४, ०७ : २१
यी हुन् विदेश भ्रमणमा लर्को लाग्ने कर्मचारीहरु

विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो ।

सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले थाइल्यान्डको बुरफा विश्वविद्यालयमार्फत करोडौं रकम अनियमित किसिमले खर्च गरेका हुन् ।

विदेश भ्रमणका लागि विभिन्न देश जाँदा व्यवस्थापन गर्न तथा खाना र बासको प्रबन्ध गर्न भन्दै विभिन्न मन्त्रालय र निकायले बुरफा विश्वविद्यालयलाई सिधै व्यवस्थापन खर्चका नाममा हजारौं डलर दिने गरेका छन् ।

भ्रमणको लर्को
- कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलको नेतृत्वमा आठ सदस्यीय टोली फागुन पहिलो साता अस्ट्रेलिया जाँदै छ । कृषिकै सहसचिव नेतृत्वको विभिन्न टोली भने भियतनाम भ्रमणमै छन् ।

- पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरे नेतृत्वको टोली अस्ट्रेलिया जाँदै छ । मन्त्रालयकै सहसचिव आलोक श्रेष्ठ नेतृत्वको टोली न्युजिल्यान्डबाट भर्खरै फर्किएको छ ।

- युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोली अमेरिका, शिक्षा सचिव मधुप्रसाद रेग्मीको टोली फ्रान्स, सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको टोली अस्ट्रेलिया भ्रमणमा छ ।

- परराष्ट्र सचिव शंकरदास वैरागी र मन्त्रालयका सहसचिव नेतृत्वको फरक-फरक टोली ब्राजिल घुमेर भर्खरै फर्किएको छ ।

- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवको टोली चीनमा छ ।

- लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली सउदी अरब, सदस्य अशोक झा ब्राजिल र वृन्दा हाडा अफ्रिका जाँदै छन् ।

- महालेखा परीक्षक कार्यालयका कर्मचारी पनि अडिटको नाममा विभिन्न देश घुमिरहेका छन् ।

- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सबै सचिव विभिन्न देशमा दोहो¥याइ-तेह¥याइ धाइरहेका छन् ।

- अर्थ, स्वास्थ्य, सहरी विकास, वातावरण मन्त्रालयका दर्जनौं कर्मचारी विदेश जाने तयारीमा छन, कोही भर्खरै फर्किएका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस