गरिबीविरुद्ध लड्ने अठोट - 'उत्कृष्ट प्रदेश बनाउँछौँ '

पत्रपत्रिकाबाट

सोमबार, २२ माघ २०७४, ०७ : ०८
गरिबीविरुद्ध लड्ने अठोट - 'उत्कृष्ट प्रदेश बनाउँछौँ '

प्रदेश दुईलाई नमुना समृद्ध निर्माण गर्नुपर्ने बेला आएको प्रदेशसभा सदस्यहरुले बताएका छन् । प्राकृतिक स्रोत र विकासमा सबैभन्दा पछाडी रहेको प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरी समृद्ध बनाउन सकिने उनीहरुको निष्कर्ष छ ।

आईतबार बसेको प्रदेशसभाको पहिलो बैठकमा ८ सदस्यले सम्बोधन गरे ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजसरोज यादपले प्रदेश दुई विकासको सम्भावनाको आधारमा मुलुककै उत्कृष्ट प्रदेश भएको दावी गरे ।

यो सबैभन्दा गरिव प्रदेश रहेको अन्य साथीहरुको भनाईप्रति मेरो विमति छ, यादवले भने कृषि र पर्यटन क्षेत्रलाई मात्रै प्रर्वद्धन गर्न सक्यौँ भने हामीले यस प्रदेशलाई सबैभन्दा समृद्ध बनाउन सक्छौँ । ,आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस