जेसिज विकास रनिङ शिल्डको पहिलो सेमिफाईनल : चितवन ११ र आर्मी भिड्दै

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, ११ : २०
जेसिज विकास रनिङ शिल्डको पहिलो सेमिफाईनल : चितवन ११ र आर्मी भिड्दै

चितवन । चितवनको नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल खेलहरु सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज घरेलु टिम चितवन ११ र नेपाल आर्मी क्लव भिड्दैछ । क्याम्पाचौरमा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुने छ । 

एक एक टिमलाई पराजित गर्दै आमनेसामने भएको यी दुवै टिम जसरी पनि फाइनलमा पुग्ने आत्माबलका साथ मैदान उत्रिदैंछ । यसअघिको खेलमा चितवनले मकवानपुरलाई र आर्मिले एपीएफलाई पराजित गर्दै सेमिफाईनल भिडन्त तय गरेको हो । 
आजको विजेताले फाइनलमा नेपाल पुलिस क्लव र संकटाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । 
चितवनकै सर्वाधिक पुरस्कार रासीको यस प्रतियोगिताका विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैँया, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ ।

प्रतिक्रिया दिनुहोस