चुनावअघिनै कूल आचार्यमा सन्नाटा, केही नलागेपछि कुमार पन्तको बदनाम प्रयास

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, २२ : २२
चुनावअघिनै कूल आचार्यमा सन्नाटा, केही नलागेपछि कुमार पन्तको बदनाम प्रयास

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्षका प्रत्यासी कुमार पन्तको पक्षमा लोभलाग्दो माहोल देखिएको छ । नवौं विश्व सम्मेलनबाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुन १२ घण्टा पनि बाँकी नहुँदा समर्थकले विजयी नारा घन्काएका छन् । 

उनीहरुले कुमार पन्तको जित भइसकेको र अबिरमालामात्रै लगाउन बाँकी रहेको भन्दै सम्मेलनस्थल होटल हायात परिसरमा नाराबाजी गरिरहँदा उत्साहको बातावरण देखिन्थ्यो । हायातको परिसर मंगलबार साँझ यसरी भरिएको थियो कि पूरै कुमार पन्तका समर्थक समेत देखिन्थे । 

यसरी कुमारको पक्षमा माहोल देखिँदै गर्दा अध्यक्षका प्रत्यासी कुल आचार्य पक्ष भने निराश देखिन्थे । निकै तामझामका साथ भड्किलो चुनाव प्रचार गर्दै आएका कूलको करोडौं रकम खर्च भइसकेको र चुनाव पनि हार्ने पक्कापक्की भएपछि उनी र उनको टीम कुमारलाई जसरी बद्नाम गर्ने र हराउने भनेर लागिपरेको छ । 

सोहीअनुसार कूलको टीमले कुमार पन्तमाथि कपोकल्पित र आधारहीन आरोप लगाएको खुलासा भएको छ । 

केही अनलाइनमा कुमारलाई जर्मन प्रहरीले निगरानीमा राखेको र जुनसुकै बेला पक्राउ गर्न सक्ने भन्दै समाचार लेखेकोमा त्यो चरित्र हत्या गर्नेंबाहेक अरु केही उद्देश्य नरहेको खुलासा भएको हो । 
यसबारे कुमार पन्तसँग जिज्ञासा राख्दा आफूले सोच्न समेत नसकेको विषयमा अफबाह फैलाउने काम भएको भन्दै आपत्ति जनाउँदै खण्डन गरे । उनले गलत समाचार प्रवाहित गर्ने अनलाइनविरुद्ध कानुनी उपचार खोज्ने समेत बताएका छन् । 

आफ्नो व्यवसाय जर्मनमा पारदर्शी रहेको तथा समाचारमा भनिएजस्तो मानवतस्करीको आरोपमा खोजिएको भन्नु हास्यास्पद रहेको उनले बताए । 

स्रोतका अनुसार कूल आचार्यले कुमारलाई बद्नाम गर्नको लागि केही काँग्रेसका पत्रकारलाई नै परिचालित गरेका छन् । कुमार पन्तलाई कमजोर बनाउने गरी कूल आचार्यको सचिवालयबाटै यसअघि उनको टीमबाट चुनाव लड्न फिक्स भइसकेकाहरुले बिद्रोह गरेको पनि प्रचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस